प्रहरीलाई परिवारसँग जोड्ने नयाँ सुत्र- ‘आई लभ यू बुढी, गुड नाइट !’ अभियान

स्याङ्जा- स्याङ्जाको प्रहरीलाई पारिवारिक तनावबाट मुक्त गराउन जिल्ला प्रहरी कार्यालय स्याङ्जाले नौलो अभ्यास शुरु गरेको छ । अब यहाँका प्रहरीले हरेक दिन श्रीमतीलाई फोन गरेर ‘आइ लभ यू- बुढी गुडनाइट !’ भन्नुपर्नेछ ।

श्रीमती नहुनेले घरपरिवारका सदस्यलाई फोन गर्नुपर्ने नियम लगाइएको छ ।

लामो समयदेखि घर जान नपाएका र गृह जिल्ला भन्दा टाढा कार्यक्षेत्र भएका प्रहरीलाई यो अभियान निकै प्रभावकारी रहेको प्रहरीहरु बताउँछन् ।

जनताको सेवामा खटिने प्रहरीहरुले परिवारलाई भन्दा जनताको सेवामा नै धेरै समय दिनुपर्ने भएकाले प्रहरीलाई मानसिक तनाब कम गराउन यो ‘आई लभ यू बुढी , गुड नाईट!’  अभियान शुरु गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख होबिन्द्र बोगटीले यो अभियान शुरु गरेसँगै अहिले जिल्लाभरका प्रहरीले राति सुत्ने समयमा घरपरिवारलाई समय दिन थालेका छन् । पारिवारिक सम्बन्ध सुमधुर हुनसके प्रहरीको कार्य सम्पादन पनि गुणस्तरीय हुने प्रहरी उपरिक्षक बोगटीको दावी छ ।

पछिल्लो समय प्रहरीले आफ्नो परिवारलाई समय दिन नसक्दा बहुबिवाह , झैझगडा , मादक पदार्थ सेवन जस्तो समस्या प्रहरीमा पनि बढेको छ ।

दैनिक जनताको सेवामा तत्पर प्रहरीलाई घरको मानसिक तनाबबाट मुक्त बनाउन सकेमात्र प्रभावकारी सेवा प्रदान गर्न सकिन्छ भन्ने यो अभियानको मुल अभिप्राय रहेको प्रमुख बोगटीको भनाइ छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.