बूढीराप्ती नदीमा बेपत्ता १५ वर्षीय बालकको शव फेला

चितवन- पूर्वी चितवनको रत्ननगर वडा नं. ७, पडेरिया पुल नजिकै बूढीराप्ती नदीमा बेपत्ता भएका १५ वर्षीय बालक अनमोल लम्सालको शव फेला परेको छ ।

रत्ननगर नगरपालिकाको नगरप्रहरी टोलीले आज बिहान ५:१८ बजे पडेरिया पुलबाट करिब २ किलोमिटर चित्रसारीतर्फ बाँसघारी नजिक उनको शव फेला पारेको हो ।

रत्ननगर-१५, माधवपुर निवासी लम्साल बिहीबार दिउँसो २ बजे पौडी खेल्ने क्रममा बूढीराप्ती नदीमा बेपत्ता भएका थिए ।

रत्ननगर-७, पडेरियास्थित मामाघर गएका बेला उनी नदीमा पौडी खेल्न गएका थिए । बेपत्ता भएको १५ घण्टापछि उनको शव फेला परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.