धुनीबेशी-४ का वडा अध्यक्ष सुवेदी पक्राउ

धादिङ- धुनीवेशी नगरपालिकास्थित वडा नम्वर ४ का वडा अध्यक्ष हरिप्रसाद सुवेदीलाई आज विहान कलंकीबाट प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको खोजीको सूचीमा रहेका सुवेदी सात महिना अधिदेखि फरार थिए ।

अध्यक्ष सुवेदी सार्वजनिक किर्ते मुद्दाको फरार प्रतिवाद हुन् ।

सुवेदीले उमेर नपुगेको नाबालकलाई उमेर पुगेको भनी जन्मदर्ता गरेर त्यही जन्मदर्ताको आधारमा नागरिकता बनाई जग्गा विक्रि गरेको आरोपमा जिल्ला अदालत धादिङमा मुद्दा दर्ता भई प्रहरीको खोजी गरिरहेको थियो ।

सुवेदीलाई पक्राउ गरे लगत्तै धादिङ लगिएको छ ।

अध्यक्ष सुवेदी २०७४ मा नेकपा एमाले र २०७९ मा नेकपा एकीकृत समाजवदी पार्टीबाट वडा अध्यक्षमा निर्वाचित वडा अध्यक्ष हुन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.