१४३ किलोग्राम लागु औषध गाँजा सहित एक भारतीय नगारीक पक्राउ

धादिङ – दक्षिणी धादिङको बेनी घाट रोराङ्ग गाउँपालिका स्थित मलेखु भण्डार सडक खण्डमा पर्ने आँपटार भन्ने स्थानमा एक जान भारतीय नागरीक १४३ किलो अवैध लागु औषध गाँजासहित पक्राउ परेका छन् ।
 जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर २मा पर्ने आँप टारबाट भारतीय नागरिक सरहज मियाँ गाँजासहित पक्राउ परेका हुन् ।
 जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार इलाका प्रहरी कार्यालय गजुरी र प्रहरी चौकी ताल्तीबाट खटिएको प्रहरी टोलिले सो गाँजा सहित गाडी पक्राउ गरेको हो । प्रहरीका अनुसार भारतीय नम्बर प्लेट रहेको गाडीमा ३१ वटा पोकामा रहेको गाँजा बरामद गरिएको छ । सिटमुनि च्यासिसको भागमा फल्स बटम बनाएर गाँजा लुकाएर ल्याइएको थियो । पक्राउ परेका मियाँ बिहारको रक्सौलका बासिन्दा हुन् । निजलाई इलाका प्रहरी कार्यालय गजुरीमा थप अनुसन्धानका लागी राखिएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.