हुम्लामा ट्याक्टर दुर्घटना, १३ जना घाइते, १ जनाको अवस्था गम्भीर

हुम्ला- हुम्लाको सिमकाेट गाउँपालिका-१ स्थित बैजीबाडामा ट्याक्टर दुर्घटना भएकाे छ।

१५ जना यात्रु बोकेको ट्याक्टर दुर्घटनामा पर्दा १ जनाको अवस्था गम्भीर छ भने १३ जना सामान्य घाइते छन।

जडीबुटी सकंलन गरी घर फर्किन लागेका खार्पुनाथ-३ राया र सिमकाेट गाउँपालिका-८ स्याडाका नागरिक रहेकाे जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएकाे छ।

कर्णाली प्रदेश ०२ ००१ त ०३५३ नम्बरको ट्याक्टर दुर्घटना भएकाे हो।  प्रहरी र स्थानीय मिलेर घाइतेहरुको उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी शंकर पाेखरेलले जानकारी दिनुभएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.