सर्वदलीय बैठक बालुवाटारमा शुरु

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको आहृवानमा सर्वदलीय बैठक सुरु भएको छ ।
अहिले प्रधानमन्त्री निवास वालुवाटारमा सर्वदलिय बैठक जारी छ।
सर्वदलिय बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली काैग्रेस सहित जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) लगायत संघिय संसदमा प्रतिनिधित्व गर्ने दलहरुका नेताहरु सहभागी हुनुहुन्छ ।
ओलीले कोभिड-१९ को नियन्त्रण, प्राप्त उपलब्धीहरुको रक्षा, संविधान विरोधी र हिंसात्मक गतिविधिहरु लगायतका समसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्री के पी शर्मा ओलीले सर्वदलिय बैठक आह्वान गर्नु भएको हो। यसअघि गत बैशाखमा पनि भारतले लिपुलेकमा अतिक्रमण गरी सडक बनाएको बेला त्यस विरुद्ध आम सहमति जुटाउन सर्बदलिय बैठकको आयोजना गर्नु भएको थियो ।।






प्रतिक्रिया राख्नुहोस्