बागमतीमा मन्त्रीपरिषद बिस्तारः तीन जना मन्त्री नियुक्त, आजै सपथ हुने

मकवानपुर- बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ) ले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ ।
नेपाली कांग्रेसका पाँच जना मन्त्रीहरुले राजिनामा दिएको पाँच वटा मन्त्रालयमध्ये तीन मन्त्रालयमा मन्त्री नियुक्त गरिएको मुख्यमन्त्री लामाले नेपाल टेलिभिजनलाई जानकारी दिनुभयो ।
मन्त्री नियुक्त हुनेहरुमा गोबिन्द लम्साललाई आन्तरिक मामिला मन्त्रालय दिएको छ भने सांसद माया श्रेष्ठ र गिता गुरुङलाई मन्त्री नियुक्त गरेको तर मन्त्रालय भने तोकिएको छैन ।
नियुक्त गरिएका मन्त्रीहरुको आजै सपथग्रहण गर्नेगरी तयारी गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।






प्रतिक्रिया राख्नुहोस्