धारिलो हतियारको प्रहारबाट वृद्धको हत्या

पूर्व–पश्चिम राजमार्ग एक घण्टा अवरुद्ध

सिराहा — सिराहाको धनगढी माई नगरपालिका–११ आम चौकमा ७५ वर्षीय फनिलाल यादवको धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ।

यादवमाथि राति सुतिरहेको अवस्थामा अज्ञात समूहले टाउकोमा धारिलो हतियारले प्रहार गरेको परिवारजनले बताएका छन्।

घटनापछि आक्रोशित स्थानीयवासीले दोषीको खोजी र कारबाहीको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका थिए।

एक घण्टासम्म सवारी आवागमन ठप्प भएको थियो।

प्रहरी र स्थानीय प्रशासनको प्रयासपछि प्रदर्शनकारीहरूले सडक खुलाएका छन्।

प्रहरीले घटनाको अनुसन्धान थालिएको जनाएको छ भने हत्याराको खोजी तीव्र पारिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.