नेप्से परिसूचक ९.०४ प्रतिशले घट्यो
काठमाडौं- मंगलबार समग्र शेयर बजारको सूचक मापन गर्ने नेप्से ९.०४ अंकले घटेको छ । नेप्से परिसूचक घटेपनि हाइड्रोपावर उपसमूहको सूचक भने ८३.८९ अंक अर्थात ४.८१ प्रतिशतले बढेको छ।
नेप्से सूचक घटेसँगै कारोबार रकमसमेत घटेको छ।
तर, हाइड्रोपावरमा भने लगानीकर्ताको उच्च आकर्षण देखिएको छ।
मंगलबार नेप्से सूचक ०.४५ प्रतिशत अर्थात ९.०४ अंकले घटेर १९९५.३५ विन्दुमा झरेको छ।
२०२ कम्पनीका १ करोड २५ लाख ६६ हजार ९६१ कित्ता शेयर किनबेच भएर ५ अर्ब ७१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
यस्तै सेन्सेटिभ इन्डेक्स पनि ०.६८ प्रतिशत अर्थात २.५९ अंकले घटेर ३८०.१८ विन्दुमा सीमित भएको छ।।
प्रतिक्रिया राख्नुहोस्