चक्रपथ विस्तारमा भगवान बुद्धको हजार मूर्ति स्तुपा भत्किदैन : मन्त्री नेम्बाङ्ग

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङ्गले काठमाडौं चक्रपथ विस्तारको क्रममा विश्व सम्पदा क्षेत्र भित्रका बौद्धमार्गीहरुले तपस्या गर्ने भगवन बुद्धको हजार मूर्ति स्तुपा नहटाइने बताउनुभएको छ । मंगलबार स्वयम्भू विश्वसम्पदा क्षेत्र बचाऔँ अभियानको ज्ञापनपत्र बुझ्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले सडक विस्तारको क्रममा कम्तिमा पनि स्वयम्भु क्षेत्रमा रहेको भगवन बुद्धको हजार मूर्ति स्तुपा जोगाउनु पर्छ भन्ने बुझाई प्रष्ट भएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘हाम्रो आवश्यक डिजाइन, सडक निर्माणको मापदण्ड, पुरातत्व विभाग र युनेस्कोको प्रावधानका परिधिमा रहेर हजार मूर्तिको स्तुपा जोगाउनु पर्छ भन्ने प्रष्ट भएको छ । प्राविधिक रुपमा सम्भव भएसम्म स्वयम्भू क्षेत्रका अरु पनि सम्पदा जोगाईने छ ।’

उहाँले सरकार विभिन्न समुदायको संस्कृति संरक्षणमा मात्र होइन नयाँ चरणमा विकास गर्न लागि परेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो सरकार नयाँ संविधानद्वारा निर्देशित छ । नयाँ मुलुक निर्माणमा अगाडि बढेको सरकार स्वभावैले मुलुुकका चौतर्फी विकास गर्न चाहन्छ । अरु चौतर्फी विकासका अलावा मुलुकको विविध धर्म, विविध समुदाय विविध, सस्कृतिको रक्षा मात्र होइन । यसको नयाँ चरणमा विकास गर्न लागि परेको छ ।’ उहाँले मुलुकको विविध संस्कृति सामाजिक सम्पती रहेको समेत उल्लेख गर्नुभयो ।

मन्त्री नेम्वाङ्गले स्वयम्भू क्षेत्र जस्तो विश्वसम्पदा सूचिमा रहेका क्षेत्रहरुको संरक्षण मात्र होइन अझ विकास गरेर लाने कुरामा सरकारको नीति कार्यक्रममा स्पष्ट रहेको बताउनु भयो ।

उहाँले सडक विस्तार गरिंदा यसका प्राविधि पक्ष, धार्मिक पक्ष, विश्वसम्पदा क्षेत्रका प्रावधान सबै विषयवस्तुलाई ध्यान दिइने बताउनुभयो ।

समुदायको भावना र संवदेनशिलतासँग जोडिएकाले विषय भएकाले अभियानले ध्यानाकर्षण नगराउँदै पुरातत्व विभाग, महानगरपालिकासँग छलफल गर्नुका साथै आयोजना कार्यान्वयन गर्ने निकायलाई सचेत गराई सकेको समेत उहाँले जानकारी दिनुभयो ।

काठमाडौं चक्रपथ सुधार आयोजना दोस्रो खण्ड कलंकीदेखि धोबिखोला ११.६ किलोमिटर साइट क्लियरेन्सको अन्तिम चरणमा रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.