खेतमा कुलो लगाउने विवादमा दाजुद्वारा भाइमाथि तरबार प्रहार

गोरखा – गोरखा सदरमुकाममा खेतमा कुलो लगाउने विषयमा भएको विवादमा आफ्नै सहोदर भाइलाई दाजुले तरबार प्रहार गरेका हुन ।
गोरखा नगरपालिका–३ को घलाङको रातमाटेका बाबु काजी बस्नेतले आफ्नै भाइ खोप बहादुर बस्नेतलाई तरबार प्रहार गरेर गंम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी ध्रुव प्रसाद शर्माले बताउनु भयो ।
साउन १६ गते शुक्रवार राती १०ः१० बजे भएको उक्त घटना दाइले प्रहार गरेको तरबार छेक्ने क्रममा हातको पाखुरा तथा शरीरको विभिन्न भागमा चोट लागेको छ ।
घाइते खोप बहादुरको शुक्रवार राती नै चितवनमा उपचार हुन नसकेपछि थप उपचार कोलागि राजधानी लगिएको छ ।
घटना बाबु काजी नयाँ साँघुमा रहेको प्रहरी चौकीमा पुगेर आत्मसमर्पण गरेका थिए । उनलाई जिल्ला प्रहरी कार्यालय गोरखामा ल्याएर आइतबार ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरी प्रहरी हिरासतमा राखेर अनुसन्धान सुरु गरेको सूचना अधिकारी शर्माले जानकारी दिनु भयो ।






प्रतिक्रिया राख्नुहोस्