भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलन आजबाट शुरु हुदै

प्रधानमन्त्री ओली सहित ३० देशका सरकार प्रमुखले सम्बोधन गर्ने

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी हुनेक्रममा तुर्कमेनिस्तानको अवाजा पुग्नुभएको छ ।

प्रधानमन्त्री ओली नेतृत्वको टोली दुबई अन्तर्राष्ट्रिय विमानस्थल हुँदै हिजाे अपरान्ह तुर्कमेनिस्तानको अवाजा सहर पुगेको हो । प्रधानमन्त्रीलाई तुर्कमेनवासी अन्तर्राष्ट्रिय विमानस्थलमा तुर्कमेनिस्तान सरकारका उपाध्यक्ष होजा म्यारात जेल्डि म्यारादोभ, संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोग न्युयोर्कका आवासीय प्रतिनिधि लोकबहादुर थापा लगायतले स्वागत गर्नुभयो ।

सम्मेलन आज शुरु हुँदैछ । सम्मेलनमा ३२ वटा भूपरिवेष्टित विकासशील देश तथा राष्ट्र संघीय निकायहरू र अन्तर्राष्ट्रिय संगठनका प्रतिनिधिमण्डलले भाग लिँदैछन् ।

प्रधानमन्त्री ओलीसहित ३० देशका सरकार प्रमुखहरुले सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्र छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.