सिद्धबाबामा पूर्ण अवरुद्ध

पाल्पा – सिद्धार्थ राजमार्गको पाल्पा खण्ड अन्तरगत दोभान राम्दी सडक एकतर्फी सञ्चालनमा आएको छ ।

लगातारको वर्षाको कारण उक्त सडक खण्डको गौडेपुलमा खसेको पहिरो सडक डिभिजन कार्यालय पाल्पाको प्रयासमा पन्छाए सँगै यातायात एकतर्फी सञ्चालनमा आएको हो ।

सडक डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी दुर्गा गौतमका अनुसार पाल्पा गुल्मी सडक अन्तरगत बर्तुङ्ग रिडी खण्डको मालमुलमा अवरुद्ध सडक समेत एकतर्फी सञ्चालनमा आएको छ ।

सडक डिभिजन कार्यालय पाल्पा मातहतको एक वटा पहिरो सोर्ने ह्वील उक्त स्थानमा चौबिसै घण्टा तैनाथ रहेको सूचना

अधिकारी गौतमले जानकारी दिनुभयो ।

साथै पाल्पा बुटवल सडकको पानिमिल, झुम्सा, दोभान, सिद्धबाबा खण्ड भने १८ घण्टा देखि पुर्णरुपमा अवरुद्ध छ ।

उक्त खण्डको पहिरो हटाउने प्रयास जारी रहेको तर सडक माथिबाट खसिरहेको ढुंगा सहितको पहिरोले सडक सुचारु गर्न कठिनाइ भएको छ ।

अहिले उक्त खण्डमा सिद्धबाबा सुरुङ मार्ग परियोजनाको हेभि इक्कुपमेन्ट र रुपन्देही स्थित सडक डिभिजन कार्यालयबाट थप जेसीबी थपेर पहिरो हटाउने काम जारी राखिएको पाल्पाका प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदीले जानकारी  दिनुभयो ।

साथै जिल्ला प्रहरी कार्यालय पाल्पाले साना र दुई पाङ्ग्रे सवारीको लागि पाल्पा बुटवल सडकको विकल्प दोभान नुवाकोट भित्री सडक प्रयोग गर्न समेत आग्रह गरेको छ ।  यो सडक दोभान हुँदै पाल्पाको नुवाकोटबाट निस्केर रुपन्देही स्थित पूर्व पश्चिम राजमार्गको बेलबासमा निस्कन सकिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.