दाउन्ने सडक खण्ड एकतर्फी

पूर्वी नवलपरासी – पूर्वी नवलपरासीको दाउन्ने सडक खण्डको पैसठ्ठी मोडमा मालबहाक सवारी साधन फसेपछि दुम्किबास बर्दघाट सडक खण्ड एकतर्फी सञ्चालन भएको छ ।

विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर २ दाउन्ने पैसठ्ठी मोडमा वर्षाका कारण सडक हिलो र चिप्लो भएपछि भारती (HR55Aw6441 र up23At6945) नम्बरको दुई वटा ग्यास बुलेट उकालोमा उक्लिन नसकी फसेको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक मधु नेपालले बताउनुभयो ।

पूर्वबाट पश्चिम तर्फ जाने सवारी साधनहरू सञ्चालन हुन नसके पनि बर्दघाटबाट दुम्किबास तर्फ (पश्चिमबाट पूर्वतर्फ) आउने सवारी साधनहरू सञ्चालनमा रहेको सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक नेपालले बताउनुभयो ।

सामान्य वर्षामा पनि दाउन्ने खण्डमा सडक चिप्लो र हिलो भएर सवारी साधन सञ्चालनमा कठिनाइ भएपछि यात्रुहरूले निकै सास्ती भोग्दै आएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.