कालिकोटमा गाडी दुर्घटना , सात जना घाइते

 सुर्खेत – जुम्लाबाट सुर्खेत आउँदै गरेको फोर्स गाडी आज बिहान कालिकोटको खाँडा चक्र नगरपालिका–१०, स्थित गोलुवामा दुर्घटना हुँदा सात जना घाइते भएका छन् । घाइते मध्य एक जनाको अवस्था गम्भीर रहेको र बाँकी ६ जनालाई मध्यम चोट लागेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रदेश प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी (डिएसपी) ज्योतनारायण यादवका अनुसार कर्णाली प्रदेश ०२–००१–ख–०९७६ नम्बरको फोर्स गाडी अनियन्त्रित भएर करिब १०० मिटर तल खसेको थियो । घाइतेहरूको अहिले कालिकोट जिल्ला अस्पतालमा उपचार भइरहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.