भारतीय विदेश सचिव मिस्री भोलि नेपाल आउँदै 

काठमाडौँ- भारतीय विदेश सचिव विक्रम मिस्री भोलि नेपाल आउनु हुने भएको छ ।
नेपालका परराष्ट्र सचिव अमृत बहादुर राईको निमन्त्रणामा भारतीय विदेश सचिव मिस्री दुई दिने नेपाल भ्रमणका लागि भोलि अर्थात आइतबार नेपाल आउन लाग्नु भएको हो ।
विदेश सचिवको आगामी भ्रमणले दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिनुका साथै  द्विपक्षीय सम्बन्धलाई अझ अघि बढाउने अवसर सृजना हुने अपेक्षा गरिएको छ ।
 भारत र नेपालबीच बलियो र मैत्रीपूर्ण सम्बन्ध रहेको छ जसले हालैका वर्षहरुमा सहकार्यका  विविध क्षेत्रहरुमा ठोस प्रगति देखेको र भारतले आफ्नो छिमेकी पहिलो नीति अन्तर्गत नेपालसँगको सम्बन्धलाई उच्च प्राथमिकता  दिदै आएको भारतीय विदेश मन्त्रालयद्वारा जारी विज्ञाप्तिमा उल्लेख छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.