पाल्पामा १० वर्षीय बालक उपचार आभावमा फलामे खोरमा

पाल्पा- पूर्वी पाल्पाको रामपुर नगरपालिकाका एक बालक उपचारको अभावमा फलामको खोरमा थुनिन बाध्य बनेका छन् ।

जिल्लाको रामपुर६, तिलकपुरका १० वर्षीय बालक पवन कुमाललाई बिहानदेखि साँझसम्म फलामे खोरमा थुनेर राख्ने गरिएको छ । जन्मँदै मानसिक तथा शारीरिक रूपमा अशक्त पवन एक वर्षदेखि दिनभर फलामे खोरमा थुनिँदै आएका हुन् ।

बुवा कृष्णबहादुर र आमा पूर्णमाया कुमालका जुम्ल्याहा छोरामध्ये पवन जेठो छोरा हुन । कान्छो पविन घरनजिकैको नवदुर्गा माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत छन् ।

आमा पूर्णामायाबाट जन्मिएको कान्छो छोरालाई विद्यालय पठाउँदै गर्दा अर्को छोरालाई बाध्यताले दिनभर खोरमा राख्नु परेको बताउनुहुन्छ ।

पवनलाई एक वर्षको हुँदा खुट्टाको उपचारका लागि काभ्रेपलाञ्चोकको बनेपास्थित अपाङ्गतासम्बन्धी उपचार गर्न अस्पताल समेत लगिएको थियो । केही समय लगत्तै उनमा एक्कासि मुटुमा समस्या देखिएपछि मुटुको शल्यक्रिया समेत गरियो तर चिकित्सकले मस्तिष्कको समेत शल्यक्रिया गर्न सुझाव दिएका थिए ।

आमा पुर्णमायाका अनुसार मस्तिष्कको शल्यक्रियाका लागि अनुमानित सात लाख रुपियाँ खर्च लाग्ने भएपछि आर्थिक अवस्थाका कारण उपचार गर्न नसकिएको परिवारको भनाइ छ । बुबा कृष्णबहादुर अहिले वैदेशिक रोजगारीका क्रममा खाडी मुलुकमा त हुनुहन्छ । तर उपचारको लागि पर्याप्त रकमको जोहो नहुँदा उपचारमा भने समस्या हुँदै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.