अरुण खोला बस्तीमा पसे पछि घरहरू जोखीममा

धादिङ – अरुण खोला बस्तीमा पसे पछि नलिकण्ठ नगरपालिका स्थित वडा नम्बर ४को नयाँ बस्तीको तल्लो प्लटीङ्ग क्षेत्रका सबै घरहरू जोखीममा परेको छ ।
बाढीका कारण खोलाले डिल कटान गर्दा केही घरहरू चर्कीएको र भासीन समेत थालेको छ । थोपल र आँशी लगायत शससाहा खोलाले सयौँ रोपनी धान खेत बगरमा परिणत गरेको छ ।
सबै खेतहरू बगरमा बनाए पछि अब के गर्ने भन्ने चिन्तामा किसानहरू परेका छन् । वर्षासँगै खोलामा आएको बाढीले बस पार्क क्षेत्र समेत डुबानमा परेको छ ।
बाढीले विशेष गरी नीलकण्ठ नगरपालिका क्षेत्रमा धेरै क्षति पुर् र्याएको छ । नीलकण्ठ नगर पालिकाको वडा नम्बर ४, ८,र १२ वडामा बाढीले धेरै क्षति पुर् र्याएको छ । क्षति पुगेका स्थानहरूमा नीलकण्ठ नगरपालिकाले स्थलगत अनुगमन गरी आवश्यक सहयोग गर्ने नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर ८का वडा अध्यक्ष प्रकाश कुमार श्रेष्ठले जानकारी दिनु भएको छ ।
खोला आसपासमा बसोबास गर्ने स्थानीयले भने तटीय क्षेत्रहरूमा स्थानीय तहले बस्ती सुरक्षाका लागी तटबन्ध गरिदिनु पर्ने माग राखेका छन् । अरुण थोपल र आँसी खोलाले जुन सुकै समयमा पनि बाढी आउँदा क्षति पु¥र्याउने भन्दै सोको सुरक्षाका लागी स्थानीय तहसँग प्रभावित क्षेत्रका स्थानीय माग गरेका छन्।






प्रतिक्रिया राख्नुहोस्