कवि विश्व सिग्देलको कविता संग्रह ‘पेल स्याडोज एट डस्क’ विमोचन

काठमाडौँ – कवि विश्व सिग्देलको नयाँ कविता संग्रह ‘पेल स्याडोज एट डस्क’ विमोचन गरिएको छ ।

राजधानीमा वर्तमान कविता समूहले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिहरू डा.हेमराज काफ्ले र डा.बलराम अधिकारी तथा कवि सिग्देलले पुस्तक सार्वजनिक गर्नु भएको हो ।

डा.हेमराज काफ्लेले आफ्नो मन्तव्यमा सिग्देलको लेखनशैलीलाई संवेदनशील र भावुक बताउँदै संग्रहले मानवीय भावनाका गहिरा तहलाई समेटेको धारणा राख्नु भयो ।

उहाँले पुस्तकका कवितालाई सुन्दर बान्की र काव्यिक सौन्दर्यको उदाहरणका रूपमा प्रस्तुत गर्नु भयो ।
डा.अधिकारीले भने कृतिको विषयगत गहिराइ, समकालीन नेपाली कवितामा यसको महत्व, र अनुवादमार्फत यसलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउन सकिने सम्भावनाबारे धारणा राख्नुु भयो ।

कार्यक्रममा कवि सिग्देलले आफ्नो सिर्जनात्मक यात्राबारे जानकारी गराउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.