गौर हत्याकाण्डको अनुसन्धान अघि बढाउन सर्वोच्चको परमादेश

काठमाडौं- सर्वोच्च अदालतले गौर हत्याकाण्डको अनुसन्धान अघि बढाउन माग गर्दै परेको रीटमा परमादेश जारी गरेको छ ।

२०६३ सालमा तत्कालिन नेकपा माओवादी सम्वद्ध २७ जनाको ज्यान जाने गरी भएको सो घटनाको अनुसन्धान अघि बढाउन हिजो न्यायाधीश तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको संयुक्त इजलासले परमादेश जारी गरेको हो ।

उक्त घटनाको छानवीनको माग गर्दै त्रिभुवन साहले रिट दर्ता गराउनु भएको थियो । रीट माथि सुनुवाइ गर्दै सर्वोच्चको संयुक्त इजलासले सरकारी वकिलको कार्यालय रौतहट र जिप्रका रौतहटका नाममा परमादेश दिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.