नेपालबाट रुबेला रोग पूर्ण रुपमा उन्मूलन भएको विश्व स्वास्थ्य संगठनको घोषणा

काठमाडौँ- नेपालबाट रुबेला रोग पूर्ण रुपमा उन्मूलन भएको घोषणा विश्व स्वास्थ्य संगठनले गरेको छ । बालबालिकाको प्राणघातक रोग मानिने रुबेला उन्मूलनमा नेपालले सफलता पाएको हो ।

केही समययता नेपालले गरेको प्रगतिको मानकलाई आधार मानेर विश्व स्वास्थ्य सङ्गठनले नेपालमा रुबेला उन्मूलन भएको घोषणा गरेको हो । सरकारले सन् २०१२ मा ९ महिनादेखि १५ बर्षसम्मका बालबालिकालाई लक्षित गर्दै रुबेला खोप कार्यक्रम सञ्चालन गरेको थियो । त्यसयता चारवटा राष्ट्रिय अभियभान सञ्चालन गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

साथै नेपालमा एम एम आर खोपको रुपमा रुबेला खोप दिने गरिएको छ । यसलाई सरकारले नियमित खोप तालिकामा समावेश गर्दा ९५ प्रतिशत बालबालिकामा कम्तीमा एउटा खोपको मात्रा पुगेपछि विश्व स्वास्थ्य संगठनले नेपाललाई रुबेला रोग मुक्त घोषणा गरेको हो दक्षिण पूर्वी एशियाली क्षेत्रमा नेपाल रुबेला निवारण गर्ने छैठौं मुलुक बनेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.