धादिङको घट्टेमोडमा सवारी दुर्घटना, १ जनाको मृत्यु, ५ जना घाइते

धादिङ- त्रिभुवन राजपथको नागढुङ्गा-नौविसे सडक खण्डस्थित धुनिबेशीमा आज भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् ।

ती मध्य दुईको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

चितवनबाट काठमाण्डौँ आउदै गरेको ध२प ३१४६ नम्वरको मोटरसाईकललाई विपरित दिशाबाट आउँदै गरेको मालवाहक ट्रकले ठक्कर दिँदा सो दुर्घटना भएको हो ।

दुर्घटनामा मोटर साइकललाई  ठक्कर दिने  भारतीय  ट्रक अनियन्त्रित भएर सडकबाट अन्दाजी २५ मिटर तल खसेको छ ।

ट्रकमा  चार जना  सवार रहेको प्रहरीले जनाएको छ ।

चारै जना भारतीय नागरिक हुन् ।

घाइतेहरुलाई थप उपचारका लागि  काठमाण्डौँस्थित ट्रमा सेन्टरमा लगिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङका प्रमुख सुरज श्रेष्ठले जानकारी दिनुभएको छ ।

 

 

 

 

 

बहादुर विकलाई उपचारका लागी लग्दै गर्दा बाटोमा नै मृत्यु भएको हो ,भने  सोही मोटरसाईकलमा सवार अन्दाजी विस वर्षीय अनिता विक गम्भीर घाईते भएकी छीन  निजको ट्रमा सेन्टरमा  उपचार भई रहेको प्रहरीले जनाईएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.