हैजा फैलिएको पर्साका स्वास्थ्यकर्मीलाई अत्यावश्यक बाहेक बिदा स्वीकृत नगरिने
महामारीका बेला जनशक्ति अभाव हुन नदिने जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिको निर्णय

पर्सा – वीरगञ्जमा जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिको हिजो बसेको बैठकले महामारीको समयमा स्वास्थ्य जनशक्ति अभाव हुन नदिन स्वास्थ्यकर्मीलाई अत्यावश्यक बाहेकका बिदा स्वीकृत नगर्ने निर्णय गरेको छ ।
निमित्त प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले झाडापखाला र हैजाको सङ्क्रमण देखिएपछि आवश्यक पर्ने स्थानीय तहका स्वास्थ्यकर्मीलाई केन्द्रिकृत रूपमा तोकिएको स्वास्थ्य संस्थामा खटाउन सकिने निर्णय गरेको हो । सो बैठकमा मधेस प्रदेश सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री सत्रुधन प्रसादसिंहको पनि उपस्थिति थियो ।
निमित्त प्रजिअ कार्कीले झाडा पखाला, हैजा रोकथामका लागि सबै निकायसँगको समन्वयमा आवश्यक सामग्री व्यवस्थापन गरी माइकिङ, घरदैलो एवम् सचेतना जागरण तत्कालै सञ्चालन गर्ने निर्णय गरिएको बताउनुभयो ।।






प्रतिक्रिया राख्नुहोस्