दाङमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु, दुई गम्भीर घाइते

दाङ – दाङमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।
गढवा गाउँपालिका ३ धैरेनीका ५५ वर्षीय बल बहादुर थापाको दुर्घटनामा परेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
गए राति करिब पौने ८ बजे गढवा गाउँपालिका १ कालाकाटेबाट वडा नम्बर ३ धैरेनीतर्फ गइरहेको रा १ ह ५९२३ नम्बरको अटोलाई विपरीत दिशाबाट आइरहेको नम्बर नखुलेको ट्याक्टरले धैरेनीमा ठक्कर दिएको थियो ।
दुर्घटनामा अटो चालक ३८ वर्षीय लेक बहादुर रोका र ४२ वर्षीय अमर बहादुर नगरकोटी गम्भीर घाइते भएका छन् । उनीहरूको अहिले लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक डबल बहादुर बमले जानकारी दिनुभयो ।
मृतक थापाको शव पोस्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ । ठक्कर दिने ट्याक्टरको खोजी भइरहेको प्रहरीले जनाएको छ ।






प्रतिक्रिया राख्नुहोस्