बस दुर्घटनामा २३ जना घाइते

कास्की- पोखरा महानगरपालिका वडा न.१३ आर्बामा आज भएको वस दुघर्टनामा परी २३ जना घाइते भएका छन् ।
आर्बाको मणिदिपबाट महेन्द्रपुलतर्फ जाँदै गरेको ग १ ख ४०२७ नम्बरको नगरबस आर्बाको धुवाँखोला नजिकै दुर्घटनामा परेको हो ।
घाइते मध्ये २१ जना उपचारपछि घर फर्किएका छन् भने स्थानीय जमुना बराल र टंक देवकोटाको हाल पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । उनीहरुको अवस्था गम्भीर रहेपनि खतरामुक्त रहेको प्रहरीले उल्लेख गरेको छ ।
भिरालो सडकमा गुड्दै गरेको अबस्थामा बसको ब्रेक फेल भएपछि बस दुर्घटनामा परेको थियो ।






प्रतिक्रिया राख्नुहोस्