अमेरिकाले दियो कोरोना भाइरसविरुद्ध बनाइएको खोप लगाउन अनुमति

काठमाडौं– अमेरिकाले कोरोना भाइरसविरुद्ध बनाइएको खोप लगाउन अनुमति दिएको छ ।

करिब ३ लाख अमेरिकीहरुको ज्यान लिइसकेको कोरोना भाइरसको संक्रमण खोपले अन्त्य गर्ने अपेक्षासहित खोप लगाउने स्वीकृति दिइएको हो । खाद्य तथा औषधि व्यवस्था विभागले अनुमति दिएको हो । अन्य देशमा जस्तै अमेरिकामा पनि स्वास्थ्यकर्मी र ज्येष्ठ नागरिकहरुबाट खोप अभियान सुरु गरिने छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिलो खोप २४ घण्टाभित्रै लगाइने बताउनुभयो । ९ महिनामै भ्याक्सिन बनाउन सफल भइएको पनि उहाँको भनाइ छ । जर्मन साझेदार बायोएनटेकसँग अमेरिकी कम्पनी फाइजरले बनाएको खोप नै बेलायत लगायत अन्य देशले पनि लगिसकेकोले सुरुमा भने हाहाकार हुने अवस्था छ ।

अमेरिकीहरुले खोप पाइसक्न महिनौं लाग्ने बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.