जुवा खेलिरहेकाहरू नगदसहित पक्राउ

–२२ जना विरुद्ध मुद्दा थप गरेर हिरासतमा 

नुवाकोट-  ठुलो परिमाणमा नगदसहित नुवाकोटको गुर्जेमा जुवा खेलिरहेकाहरू पक्राउ परेका छन् । प्रहरीले म्याद थप गरेर हिरासतमा राख्ने अनुमति लिएको छ ।

सदरमुकाम विदुरदेखि ४० किलोमिटर पूर्वमा रहेको शिवपुरी गाउँपालिका ६ गुर्जेभन्ज्याङमा रहेको बार्दलीइन होटेलमा नुवाकोटमा जुवा खेलिरहेका २२ जनालाई कौडा र ठुलो परिमाणको नगदसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । प्रहरी नायव उपरीक्षक विक्रम लामाको टोलीले उक्त स्थानमा  कौडा खेली रहेको जानकारी पाएपछि छापा मारेको थियो ।

लामसहितको प्रहरी टोलीले ६ जना महिला सहित २२ जनालाई ३१ थान कौडा र   नगद  १० लाख ७१ हजार ६ सय रुपैयाँसहित जुवा खेलिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए । पक्राउ परेकाहरूलाई विदुरस्थित प्रहरीको हिरासतमा राखिएको छ भने  उनीहरुहरुलाई कानुन बमोजिम पक्राउ गरी जुवा सम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय नुवाकोटबाट सात दिनको  हिरासतमा राख्ने म्याद थप गरी थप अनुसन्धान भइरहेको एसपी रेग्मीको भनाई छ ।

चाडपर्वसँगै नुवाकोटमा जुवा तास तथा कानुन विपरीतका अन्य खेलहरू भइरहेको सर्वसाधारणले गुनासो गर्न थालेको प्रहरीले जनाएको छ । कानुन विपरीतका जुनसुकै गतिविधि नगर्न प्रहरी तथा प्रशासनले सर्वसाधारणमा आग्रह गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.