सुक्खा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध

 धादिङ –  गए राती देखी परेको वर्षाका कारण खसेको पहिरोका कारण पृथ्वी राजमार्गको यातायात बन्द भएको छ । बेनिघाट रोराङ्ग गाउँपालिका स्थित बेनी घाट रोराङ्ग गाउँपालिका स्थित वडा नम्बर १० तिकराङ्ग खानीको बाँदरे मोड भन्ने स्थानमा पहिरो खस्दा राजमार्गमा दुबै तर्फी यातायात ठप्प भएको हो ।

पहिरोका कारण राजमार्ग अवरुद्ध हुँदा सो राजमार्ग भएर राजधानी प्रवेशका लागी आएका रात्रि बस मालवाहक सावरीका साथै राजधानीबाट तराईका विभिन्न भागमा जानका लागी निस्किएका सवारीका साधनहरूको लामा निकै लागेको छ ।

अवरुद्ध सडकको पहिरो पन्छाउने दुई ओटा मेशिन परिचालन गरिसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी निरीक्षक सुरज श्रेष्ठले जानकारी दिनु भएको छ ।

पहिरो ठुलो भएकोले पन्छाउन दुई देखी तिन घण्टा लाग्ने पनि प्रमुख श्रेष्ठले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.