प्रधानमन्त्री ओलीले शाङ्घाइ शिखर सम्मेलनलाई सम्बोधन गर्नुहुँदै

आजै रुसी राष्ट्रपति पुटिनसँग भेटवार्ता हुने

थियानजिन, (चीन) – प्रधानमन्त्री केपी शर्मा ओलीले शाङ्घाइ सहयोग सङ्गठन (एससिओ) प्लस शिखर सम्मेलनलाई सम्बोधन गर्दै हुनुहुन्छ ।

चीनको थियानजिनस्थित थियानजिन मेइजियान सम्मेलन केन्द्रमा  आजदेखि सुरु भएको सम्मेलनमा प्रधानमन्त्री ओलीसहित सहभागी मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखले सम्बोधनको क्रम हुनेछ ।

चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली यही भदौ १४ गतेदेखि पाँच दिने भ्रमणमा चीनमा हुनुहुन्छ । प्रधानमन्त्री ओली र विभिन्न मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखबिचको दुई पक्षीय भेटवार्ताको क्रम पनि जारी रहेको छ ।

आजै रुसी महासङ्घका राष्ट्रपति भ्लादिमीर पुटिन, गणतन्त्र माल्दिभ्सका राष्ट्रपति डा मोहम्मद मिज्जु, लाओ जन प्रजातान्त्रिक गणतन्त्रका प्रधानमन्त्री सोनेसाइ सिपानडोनसँग भेटवार्ता हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.