दुप्चेश्वरको कल्लेरी र सरमथलीमा पहिरो

–सर्वसाधारणको घर र विद्यालयमा क्षति

नुवाकोट-  अविरल वर्षात्संगै पहिरो जाँदा नुवाकोटको उत्तर पूर्वी भेगमा रहेको दुप्चेश्वरको कल्लेरी र सरमथलीमा सर्वसाधारणको घर तथा स्थानीय विद्यालयमा क्षति पुगेको छ । पहिरो नियन्त्रणका लागि तत्काल तीन वटै तह क्रियाशील हुनु पर्ने पीडितहरूको माग रहेको छ ।

सदरमुकाम विदुरदेखि ४५ किलोमिटर दुरीमा रहेको दुप्चेश्वर गाउँपालिका ३ कल्लेरी र सरमथलीमा पहिरो जाँदा सडक मार्ग, स्थानीयका घर तथा विद्यालयमा क्षति पुगेको छ । पहिरोग्रस्त स्थलको सोमवार पूर्वमन्त्रि तथा प्रतिनिधि सभा सदस्य अर्जुननरसिंह केसीसहितको टोलीले स्थलगत निरीक्षण गरेको छ ।

केसीले पहिरो व्यवस्थापनका लागि तत्काल तीनै वटै सरकारलाई आग्रह गर्नुभएको छ । मानवीय सुरक्षा र व्यवस्थापन पहिलो दायित्व भएका कारण सोही अनुसार सबै परिचालित हुन उहाँले सरोकारवाला पक्षलाई निर्देशनसमेत दिनुभएको छ ।

अविरल वर्षात्संगै सरमथलीमा गएको पहिरोले स्थानीय कुमार थापा, गोकर्ण थापा, पाण्डव थापा, हरिशरण थापाको घरका साथै र भगबान आधारभूत विद्यालयमा क्षति पुगेको छ । सडकमा गएको पहिरो पन्छाउने काम गरिएको दुप्चेश्वर गाँउपालिका अध्यक्ष शङ्कर बहादुर थापाले बताउनुभयो ।

उहाँका अनुसार पहिरोको व्यवस्थापनका लागि स्थानीय तहले उक्त विद्यालय र बस्तीको जोखिम हटाउनका लागि स्थायी समाधानको कार्य सुरु गरिएको छ । अविरल बर्सातका कारण उक्त स्थानमा पहिलो जाँदा स्थानीय भगवान् आवी, समुन्द्रटार–राउतबेसी सडकमा समेत क्षति भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.