विहिबार बिहान मात्रै सेनाले हेलिकप्टरमार्फत १२३ जनाको उद्धार

टिमुरे क्षेत्रमा हराइरहेका २१ जना भारतीय पर्यटकको उद्धार

काठमाडौँ- भदौ १० गते बिहान भोटेकोशी नदी रसुवामा आएको बाढीका कारण बेपत्तामध्ये आज बिहान मात्रै नेपाली सेनाले हेलिकप्टरमार्फत १२३ जनाको उद्धार गरेको छ ।

नेपाली सेनाका अनुसार रसुवाको टिमुरे क्षेत्रबाट ९५ जनाको सकुशल उद्धार गरिएको छ । जसमध्ये आठ जना विदेशी रहेको नेपाली सेनाले जनाएको छ । उनीहरूमध्ये विदेशीलाई हेलिकप्टरमार्फत काठमाडौँ ल्याउने तयारी भइरहेको छ भने बाँकीलाई धुन्चे ल्याउने तयारी भइरहेको छ ।

त्यसैगरी रसुवाको हाकुस्थित जलविद्युत् आयोजनाको टनेलमा फसेका सात जनाको जीवितै उद्धार गरिएको छ भने अन्य तीनवटा टनेलमा उद्धार भइरहेको नेपाली सेनाले जनाएको छ ।

नेपाली सेनाका टिमुरे क्षेत्रमा हराइरहेका २१ जना भारतीय पर्यटकको पनि जीवितै उद्धार गरी काठमाडौँ ल्याउने क्रम जारी भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.