छरियो सतबिज (भिडियोसहित)

काठमाडौं– बालाचतुर्दशी आइतबार बिहानैदेखि काठमाडौंको पशुपतिनाथ लगायत देशभरका शिवालयमा दिवंगत पितृको सम्झनामा सतबिज छरियो ।
मार्गकृष्ण पक्षको चतुर्दशी अर्थात बालाचतुर्दशीको दिन बिहान दिवङ्गत आत्मा चिरशान्तिको कामना गर्दै सतबिज छर्ने गरिन्छ । पाशुपत क्षेत्रको १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा शतबीज छर्नेहरुको बाग्लै उपस्थिति रहेको थियो ।
कोरोना महामारीका कारण बढी भिडभाड नगरी परम्परा मनाउन आग्रह गरिएपनि भक्तजनहरुको उपस्थिति बिहानैदेखि बाक्लो थियो । गएराति भक्तजनले दिवङ्गत आत्माका नाममा महादीप बाली भजनकीर्तन गरी रात बिताएपछि शतविज छर्ने गरिन्छ ।
धर्मग्रन्थका अनुसार सतबिजमा सय गेडा धान चढाउने भनिएपनि हिजोआज धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो गरी सप्तबीज छर्ने गरिन्छ ।






प्रतिक्रिया राख्नुहोस्