नेपाल नागरिकता ऐनको संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐनको संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गर्नुभएको छ ।
सङ्घीय संसदको दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पेस भएको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकलाई राष्ट्रपति पौडेलले आज प्रमाणीकरण गर्नुभएको हो ।
नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपति पौडेलले नेपाल नागरिकता ऐनको संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । बाबुको पहिचान नखुलेको अवस्थामा आमाले स्वघोषणा गरे नागरिकता दिने विषय विधेयकमा मुख्य रूपमा समेटिएको छ ।
त्यासैले विधेयकले आमाको नामबाट नागरिकता प्राप्त गर्ने संवैधानिक व्यवस्थालाई कार्यान्वयन गर्न थप सहज बनाएको छ । त्यसैगरी नेपाली आमा र विदेशी बाबुबाट जन्मेका सन्तानले अन्य देशको नागरिकता नलिएको अवस्थामा अङ्गीकृत नागरिकता प्राप्त गर्ने लगायतका व्यवस्था विधेयकले गरेको छ ।






प्रतिक्रिया राख्नुहोस्