निर्वाचन कार्यमा सरकारलाई सहयोग गर्ने समितिको प्रतिबद्धता

काठमाडौँ– राष्ट्रियसभा, विकास, आर्थिक मामिला तथा सुशासन समितिले देशमा उत्पन्न परिस्थितिका बीच घोषणा गरिएको निर्वाचन कार्यमा सरकारलाई सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

समितिको आजको बैठकमा ‘जेनजी’ को आह्वानमा देशमा भएका घटनाबारे सदस्यहरूले आ–आफ्ना धारणा राख्नुभएको थियो । देशमा नयाँ सरकारले निर्वाचन केन्द्रित गतिविधि बढाएकामा त्यसमा सहयोग पु¥याउन आवश्यक छलफल र परामर्श गरी सेवा प्रवाहमा सरलता तथा सहजता ल्याउन सहयोग पु¥याउने समितिले प्रतिबद्धता व्यक्त गरेको हो ।

यस्तै, जेनजी आन्दोलका क्रममा दिवङ्गत भएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छभने घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

समितिले आगामी निर्वाचनअघि गर्नुपर्ने पुनःनिर्माण कार्यमा सरकारसँग नजिक रही आवश्यक परामर्श गरी सहयोग पु¥याउने प्रतिबद्धता जाहेर गरेको सङ्घीय संसद् सचिवालयका सचिव डा रोजनाथ पाण्डेले जानकारी दिनुभयो ।

बैठकले गत आर्थिक वर्षभरि गरेको कामकारबाहीको समीक्षा गर्दै वार्षिक प्रतिवेदनलाई सुझावसहित पारित गरेको छ । राष्ट्रियसभाको आगामी अधिवेशनमा उक्त प्रतिवेदन पेस गर्ने निर्णय गरिएको सचिव डा पाण्डेले बताउनुभयो ।

बैठकले दसैँ, तिहार, छठलगायत चाडपर्वमा यातायातको सहजता र शान्ति सुरक्षा कायम गर्ने मामिलामा थप जिम्मेवार हुन सरकारलाई आग्रह गरेको छ ।

यस्तै, आगामी दिनमा सरकारका प्रतिनिधिलाई आमन्त्रण गरी देश र जनसरोकारका विषयमा छलफल गरी अघि बढ्ने पनि निर्णय भएको छ ।

यसैगरी सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले जेनजी आन्दोलनका घाइतेको निःशुल्क प्रभावकारी उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । बैठकमा यस विषम परिस्थितिमा राष्ट्रियसभाअन्तर्गतका समितिका कामकारबाहीलाई कसरी अघि बढाउने भन्ने विषयमा छलफल भएको समिति सचिव सञ्जय दाहालले जानकारी दिनुभयो ।

बैठकमा दसैँ, तिहार, छठलगायतका चाडबाडमा आमनागरिकलाई यातायातको सहजता र शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति गराउन पनि सरकारलाई अनुरोध गर्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो ।

समितिले तोकिएको मिति (फागुन २१) मै प्रतिनिधिसभाको निर्वाचन गराउने कार्यमा सरकारलाई सक्दो सहयोग पुर्‍याउने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.