टेस्ट क्रिकेटः न्यूजील्यान्डलाई श्रृङ्खला

वेलिङ्टन– भ्रमणकारी वेस्ट इन्डिज विरुद्धको दोस्रो टेस्ट क्रिकेट खेलमा न्यूजील्यान्ड एक इनिङ र १२ रनको विशाल अन्तरले विजयी भएको छ ।

दुई टेस्टको यो शृंखलाका दुबै खेल न्यूजील्यान्डले जितेको छ । चौथो दिनको पहिलो सत्रमै न्यूजील्यान्डले वेस्ट इन्डिजलाई पराजित गरेको हो ।

पहिलो इनिङमा १३१ रनमै समेटिएको वेस्ट इन्डिजले दोस्रो इनिङमा पनि सबै विकेट गुमाएर ३१७ रन मात्र बनाएको थियो । ब्याटिङ र बलिङ दुबैमा सशक्त प्रदर्शन गरेको न्यूजील्यान्डले पहिलो इनिङमा ४६० रन बनाएको थियो ।

यो जितसँगै न्यूजील्यान्डले देशभित्र खेलिएका सबै १५ टेस्टमा विजयी भएको रेकर्ड पनि बनाएको छ ।

विश्व शृंखलामा न्यूजील्यान्ड र अस्ट्रेलिया समान अंकका साथ पहिलो स्थानमा छन् । पहिलो टेस्ट खेलमा पनि न्यूजील्यान्डले वेस्ट इन्डिजलाई एक इनिङ र १३४ रनको विशाल अन्तरले पराजित गरेको थियो ।

न्यूजील्यान्डले घरेलु मैदानमा आगामी डिसेम्बर २६ देखि पाकिस्तान विरुद्ध खेल्दैछ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.