फाइजरको खोप प्रयो गर्दै क्यानाडा

कोरोना विरुद्धको फाइजर–बायो एनटेक खोप क्यानाडामा पनि प्रयोग गरिने भएको छ ।
पहिलो चरणको खोप स्वदेश भित्रिएको प्रधानमन्त्री जस्टिन ट्रुडोले जानकारी दिनुभएको छ ।
“फाइजर–बायोएनटेकको कोरोना विरुद्धको खोपको पहिलो चरणको आयात गरिसकिएको प्रधानमन्त्री ट्रुडोले बताउनु भएको छ ।
क्यानाडाको स्वास्थ्यसम्वन्धी नियमक निकायले सो खोप ल्याउनु उपयुक्त हुने निश्कर्ष निकाल्दै खोप आयात गर्न अनुमति दिएको थियो ।
खोप आयातका लागि आवश्यक बजेटको व्यवस्था पनि क्यानाडाको केन्द्रीय सरकारले गरेको समाचारमा जनाइएको छ ।
क्यानाडाले यो डिसेम्बर महिना भित्रमा दुई लाख ४९ हजारभन्दा बढी खोप स्वदेश भित्र्याउने लक्ष्य राखेको छ ।।






प्रतिक्रिया राख्नुहोस्