इयू र बेलायतबीच ब्रेक्जिटपछि पनि व्यापार सम्झौता जारी राख्ने सहमति

युरोपेली संघ इयू र बेलायतले (ब्रेक्जिट) पछिको व्यापार सम्झौतालाई जारी राख्ने विषयमा सहमति जनाएका छन् ।

ब्रेक्जिट सङ्क्रमणकाल अन्त्य हुनै लाग्दा यूरोपेली नेताहरूलाई व्यापार वार्ता टुंगो लगाउनु पर्ने बाध्यता छ ।

तर अझै पनि केही जटिल मानिएका मुद्दाको समाधान हुन सकेको छैन ।

युरोपेली संघ ईयूकी अध्यक्ष उर्सुला भोन डेर लायन र बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले ‘अघि बढ्नका लागि जिम्मेवार हुन जरूरी रहेको’ बताउनु भएको छ ।

यो साता बेलायती प्रधानमन्त्री जोनसनले ब्रसेल्स पुगी ईयू नेतृत्वसँग समस्यालाई समाधान गर्न पहल गर्नुभएको थियो ।

प्रधानमन्त्री जोनसन र लायनबीच भएको पछिल्लो सम्वादपछि वार्तालाई निरन्तरता दिने सहमति बनेको हो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.