निर्वाचनमा जुट्न प्रधानमन्त्रीको आग्रह, संविधान संशोधन संवैधानिक विधिबाटै

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनमा जुटन र सहभागी हुन सवैमा आग्रह गर्नु भएको छ । राष्ट्रका नाममा सम्बोधन गर्नुहुँदै आज प्रधानमन्त्री कार्कींले सवै राजनीतिक दल, नागरिक सबैलाई निर्वाचनमा सहभागी हुन र संविधान संशोधनका लागि संवैधानिक विधि अपनाउन आग्रह गर्नु भएको छ ।

प्रधानमन्त्री कार्कीले वर्तमान सरकारको मुल लक्ष्य चुनावमा रहेको भन्दै त्यसका लागि भइरहेको तयारीका बरेमा समेत जानकारी गराउनु भयो । उहाँले रोजगारीको सिलसिलामा देशबारिह रहेका नेपालीलाई विदेशबाट समेत मतदान गर्नसक्ने सम्भावनाको बारेमा पनि निर्वाचन आयोगसँग परामर्श भइरहेको बताउनु भयो ।

जेन जीले शुशासनका साथै शासकीय प्रणालीका विषयमा आवाज उठाएको भएपनि प्रधानमन्त्री कार्कीले भने  शासकीय प्रणालीको संशोधन विषय वर्ततमान सरकारको कार्यक्षेत्र भन्दा बाहिर भएकाले ले संवैधानिक प्रक्रियाबाटै संविधान संशोधनको गर्न आग्रह गर्नु भयो ।

सम्बोधनको क्रममा प्रधामन्त्री कार्कीले वर्तमान सरकारले विगतमा भएका भ्रष्टाचारका सन्दर्भमा यो छोटो समयमा प्रष्ट जानकारी पाइसकेको भन्दै यसको आवश्यक छानबिन गरी दोषीलाई आवश्यक कारबाहीको प्रक्रिया अघि बढाउने समेत उल्लेख गर्नु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.