डेलिभरी भ्यान भाेटेकोशीमा खस्दा चालक बेपत्ता

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको चौतारा साँगाचाेकगढी नगरपालिका-१० सुकुटेबाट खाडिचौरतर्फ जाँदै गरेको डेलिभरी भ्यान बलेफि गाउँपालिका-५ बलेफि स्थित अरनिको राजमार्गबाट भोटेकोसी नदिमा खस्दा काभ्रे पनौती नगरपालिका-१० का २३ वर्षीय नवराज खुलाल बेपत्ता भकाएछन् ।
आज बिहान सिन्धु दुग्ध डेरीको दूध सङ्कलनको लागि जाँदै गरेको बा १२ च ६५९४ न को मारुती मिनी डेलिभरी भ्यान सडकबाट ५० मिटर तल भोटेकोसी नदीमा खसी बेपत्ता भएको बलेफि प्रहरी चौकीका प्रहरी वरिष्ठ नायब निरीक्षक सुरेश प्रसाद गुप्ताले जानकारी दिनुभयो ।
हाल र्याफ्टिङकाे साहेताले बेपत्ता भ्यान चालकको खोजी भैरहेकाे उहाँले बताउनुभयो ।





प्रतिक्रिया राख्नुहोस्