राजनीतिक कनेक्सनका आधारमा रोकिएका अनुसन्धानका सबै फाइल खुल्छन्: गृहमन्त्री अर्याल

काठमाडौँ – गृहमन्त्री ओमप्रकाश अर्यालले राजनीतिक कनेक्सनका आधारमा रोकिएका अनुसन्धानका सबै फाइल खोल्ने बताउनु भएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) को अनुगमन गरेपछि पत्रकारहरुलाई प्रतिक्रिया दिँदै मन्त्री अर्यालले सो कुरा बताउनु भएको हो । उहाँले पहिले राजनीतिक कनेक्सनका आधारमा सुशासनमा आएका अवरोध हटाउन निर्देशन समेत दिएको बताउनु भयो ।

पहिले राजनीतिक सम्बन्धका आधारमा रोकिएका र बिथोलिए सवै मुद्दाका फाइलहरु खुल्ने बताउनु भयो । यो सरकारको म्यान्डेट नै सुशासन भएकाले शुसासन विना शान्ति सुरक्षा हुन सक्दैन । शान्ति सुरक्षा भएन भने ६ महिनाभित्र चुनाउ गर्न नसकिने भएकाले सरकार सजग रहको उहाँको भनाइ थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.