थप ९३६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं– नेपालमा आज थप ९३६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ७११७ जनाको पीसीआर परीक्षणमा ९३६ जनामा संक्रमण पुष्टि भएको हो ।
गत २४ घण्टामा १९९६ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख ३८ हजार ५ सय ६९ जना छन् । नेपालमा निको हुने दर ९५ दशमलव ३ प्रतिशत रहेको छ ।
कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या १७३० रहेको छ ।
गत २४ घण्टामा काठमाडौं उपत्यकामा ४३८ जना संक्रमित भएका छन् । तीमध्ये काठमाडौंमा ३१०, भक्तपुरमा ४२ र ललितपुरमा ८६ जना संक्रमित थपिए ।






प्रतिक्रिया राख्नुहोस्