इलाम जिल्लालाई ३ महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय

भूमि समस्या समाधान आयोग र आयोगका सबै संरचना खारेज

काठमाडौँ- सरकारले इलाम जिल्लालाई ३ महिनाको लागि संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद् बैठकले यही असोज १७ गते देखी २० गतेसम्म परेको भारी बर्षाबाट पुगेको क्षतिको कारण इलाम जिल्लालाई संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो ।

त्यसैगरी बैठकले भूमि समस्या समाधान आयोग गठन आदेश-२०८१ बमोजिम गठित भूमि समस्या समाधान आयोग र आयोगका सबै जिल्ला तहका संरचना खारेज गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिनुभयो ।

यसैगरी, मन्त्रीपरिषदको बैठकले नेपाल विद्युत प्राधिकरणको जलविद्युत आयोजना निर्माण गर्न श्रोत व्यवस्थापनको लागि २० अर्व रुपैयाको उर्जाबण्ड चरणबद्ध रुपमा निष्कासन गर्न स्वीकृति प्रदान गरेको छ ।

त्यसैगरी प्रहरी नायव महानिरिक्षकहरु सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालयन कुमार श्रेष्ठ र डम्बर बहादुर बिकलाई नेपाल प्रहरीको अतिरिक्त प्रहरी महानिरिक्षक पदमा बढुवा गर्ने निर्णय पनि मन्त्रिपरिषदको बैठकले गरेको छ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.