निर्वाचनकालागि आवश्यक रकम चालु आर्थिक बर्षको स्वीकृत कार्यक्रमबाट रकमान्तर गरिने

काठमाडौँ-सरकारले जेन्जी आन्दोलनका क्रममा क्षतिग्रस्त सरकारी भौतिक संरचनाको पुन:निर्माण र मर्त सम्भारकासाथै फागुन २१ गते हुने निर्वाचनकालागि आवश्यक रकम चालु आर्थिक बर्षको स्वीकृत कार्यक्रमबाट रकमान्तर गरी व्यवस्थापन गर्ने भएको छ ।
हिजो बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले आयोजनाबाट रकमान्तर गर्दा रकमान्तरको सीमा कायम नहुनेगरी आदेश जारी गर्न लागिएको जानकारी दिनुभयो ।
यसैगरी, तीन महिना अवधिकालागि इलाम जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको सरकारले असोज १९ र २० गते गृह मन्त्रालयले दिएको सार्वजनिक बिदालाई समेत समर्थन गरेको सञ्चारमन्त्री खरेलले बताउनुभयो ।।






प्रतिक्रिया राख्नुहोस्