संस्था र नेतृत्वलाई जोडेर गरिएका टीका टिप्पणी र धारणाप्रति नेपाली सेनाको ध्यानाकर्षण

जनसम्पर्क निर्देशनालयसँग सम्पर्क गरी यथार्थपरक सूचनाहरू सम्प्रेषण गरिदिन आग्रह

काठमाडौँ–  नेपाली सेनाले आफ्नो सङ्गठनसम्बन्धी जानकारी लिन जनसम्पर्क तथा सूचना निर्देशनालयसँग सम्पर्क गरी यथार्थपरक सूचनाहरू सम्प्रेषण गरिदिन आमजनसमुदायमा अपिल गरेको छ ।

सेनाले आफ्नो धारणा र गतिविधिहरू नियमित रूपमा प्रेस विज्ञप्ति, प्रेस नोट र आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आएको तथ्यसमेत जानकारी गराएको छ ।

गत भदौ २३ र २४ गतेको विषम परिस्थितिलाई सामान्यीकरण गर्ने सम्बन्धमा नेपाली सेनाले वहन गरेको भूमिकाप्रति विद्वत्वर्ग, समाजसेवी, सञ्चारकर्मी तथा आमनागरिकबाट प्राप्त भएका विभिन्न राय, सुझाव तथा समालोचनात्मक अभिव्यक्तिप्रति आभारसमेत व्यक्त गरेको छ ।

आन्तरिक सुरक्षामा पर्न सक्ने असरलाई वस्तुपरक ढङ्गले मूल्याङ्कन गरी छिटोभन्दा छिटो शान्ति सुरक्षा कायम गर्ने उद्देश्यका साथ सेनाले आवश्यकतानुसार पहल गरेको समेत स्पष्ट पारेको छ ।

हालको संवेदनशील अवस्थामा विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत संस्था र नेतृत्वलाई जोडेर विभिन्न प्रकारका टीकाटिप्पणी र धारणाहरू सम्प्रेषण भएकामा नेपाली सेनाको ध्यानाकर्षण भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.