अध्यादेश र संसद बैठकको आवेदन फिर्ता लिने नेकपा स्थायी कमिटीको निर्णय

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सरकारले मंगलबार जारी गरेको संवैधानिक परिषदसम्बन्धिको अध्यादेश फिर्ता लिने निर्णय गरेको छ ।

बुधबार बसेको स्थायी कमिटीको बैठकले अध्यादेशसँगै संसद बैठकको माग गर्दै राष्ट्रपतिसमक्ष पेस गर्ने तयारी गरिएको आवेदनसमेत फिर्ता लिने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । ‘बैठकले सरकारले जारी गरेको संवैधानिक परिषदसम्बन्धी अध्यादेश  र राष्ट्रपतिसमक्ष संसद बैठकका लागि तयारी गरिएको आवेदन पनि फिर्ता लिने निर्णय सर्वसम्मतिले गरेको छ,’ बैठकपछि प्रवक्ता श्रेष्ठले संवाददाताहरुलाई जानकारी गराउनुभयो ।

बैठकमा नेकपा अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदको मंगलबार साँझ बसेको बैठकले नियुक्तिका लागि कुनै सिफारिस नगरेको जानकारी दिनुभएको थियो ।

बैठकअगाडि प्रधानमन्त्री ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल र महासचिव विष्णु पौडेलले नेकपा विवाद समाधानका लागि गृहकार्य गर्नुभएको थियो । तर, नेताहरुबीच भएको अन्य सहमतिबारे भने प्रवक्ता श्रेष्ठले बताउन चाहनुभएन ।

स्थायी कमिटीको अर्को बैठक पुस ५ गते बोलाइएको छ । पुस ५ गतेका लागि तय भएको केन्द्रीय कमिटीको बैठक भने पुस १० गतेका लागि सार्ने निर्णय भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.