सिरहामा स्रोत नखुलेको ८ लाख २५ हजार रुपैयाँसहित एक युवक पक्राउ

सिरहा –  सिरहा नगरपालिका–२० स्थित लकडिगदियानीबाट स्रोत नखुलेको नगद रकमसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

कल्याणपुर नगरपालिका–१, बनिनिया निवासी ३० वर्षीय राशिन्द्र मण्डललाई प्रहरीले पक्राउ गरेको हो। प्रहरी चौकी लकडिगदियानीबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको म.प्र. ०२–०१–००३ प २१०२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त नगद फेला पारेको थियो। जाँचका क्रममा मोटरसाइकल चालक मण्डलको साथबाट ८ लाख २५ हजार रुपैयाँ बरामद भएपछि उनलाई तत्काल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

बरामद गरिएको नगदको स्रोत खुल्न नसकेको र यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.