चितवनमा ३०० वटा आँखा लेन्स हस्तान्तरण, विपन्न समुदायलाई सहयोग

चितवन – चितवनको भरतपुर अस्पताललाई ३०० वटा आँखा लेन्स भरतपुर आँखा अस्पताललाई हस्तान्तरण गरिएको छ ।
विपन्न समुदायलाई आँखाको उपचारमा सहयोग पुर्याउनको लागि ग्रिन सोसाइटी नेपालको विशेष पहलमा अफ्रिका लुज दईच्लाडले ३०० वटा लेन्स एक समारोहका बिच हस्तान्तरण गरेका हो ।
नेपाल नेत्र ज्योति सङ्घ चितवनका उपाध्यक्ष तेजेन्द्र खड्काको विशेष उपस्थितिमा अफ्रिका लुज उपाध्यक्ष बारबेल वेर्ना, राईन होल्ड वेर्ना र ग्रिन सोसाइटी नेपाल चितवनका महासचिव शिर लाल परियारले लेन्सहरू अस्पतालका प्रतिनिधिहरूलाई हस्तान्तरण गरेका थिए ।
सो अवसरमा बोल्दै सङ्घका उपाध्यक्ष खड्काले विपन्न समुदायको उपचारमा लेन्स सहयोग महत्त्वपूर्ण योगदान दिने बताउनुभयो ।
सो अवसरमा ग्रिन सोसाइटी नेपाल चितवनका महासचिव शिर लाल परियारले संस्थाको प्रयास र योगदानलाई कदर गर्दै, भविष्यमा पनि यस्ता सहयोगका कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो ।
३०० वटा लेन्सको वितरणले चितवन र आसपासका विपन्न वर्गका नागरिकलाई आँखाको उपचारमा ठुलो सहयोग पुर्याउने विश्वास व्यक्त गरिएको छ। यो प्रकारको सहयोगले समुदायमा स्वास्थ्य सेवा पहुँचको स्तरलाई बढवा दिने र आर्थिक रूपमा कमजोर वर्गको जीवनस्तरमा सुधार ल्याउने आशा गरिएको छ।





प्रतिक्रिया राख्नुहोस्