पाल्पाली कृषक सामूहिक आलु खेतीमा आकर्षित   

पाल्पा-  स्थानीय बिउको प्रयोग गरी घरायसी प्रयोजनको लागि मात्र आलु खेती गर्दै आएका पाल्पाको रामपुर नगरपालिका भित्रका कृषकहरू यतिखेर व्यवसायीक आलु खेतीतर्फ अग्रसर भएका छन् ।

बिउमा अनुदान, भण्डारण र बजारीकरण  सुनिश्चितता  स्थानीय देखि प्रदेश सरकारले गरिदिएपछि कृषकहरू सामूहिक आलु खेतीतर्फ जुटेका हुन । आलुमा बढ्दो परनिर्भरताको घटाउन पूर्वी पाल्पाको रामपुरमा व्यावसायिक आलुखेतिको विस्तार गरिएको हो । आलु खेतीको लागि अनुकूल हावापानी र हलुका मलिलो माटो भएको भन्दै कृषि वैज्ञानिकरुले आलुखेतिको उपयुक्त स्थल रामपुरका फाँट भएको पुष्टि परीक्षणबाट गरेपछि कृषकहरू आलुखेति तर्फ आकर्षित भएका हुन ।

बढी उत्पादन क्षमता भएका खुमल उज्वल, कार्डिनल रातो, जनकदेव रातो र टिपियस प्रजातीको बिउ खरिदमा स्थानीय सरकार रामपुर नगरपालिकाले प्रतिकिलो तीन रुपैयाँ अनुदान समेत दिएको छ । निर्वाहमुखी खेती गरेका कृषकका लागि बिउमा अनुदान, भण्डारण र बजारीकरणको सुनिश्चितता भएका कारण पनि व्यवसायीक खेतीतर्फ लागि परेको कृषकहरूको भनाई छ । लुम्बिनी प्रदेश सरकारको कृषि तथा सहकारी मन्त्रालयको १५ लाख रुपैयाँ खर्चिएर ७ सय रोपनी क्षेत्रफलमा उन्नत जातको बिउ प्रयोग गरी व्यवसायीक खेती गरिएको छ ।

स्थानीय सरकार रामपुर नगरपालिकालाई आलुमा आत्मनिर्भर बनाई स्थानीय बिउँको विकास गर्न सामूहिक आलु खेतीको सुरुवात गरिएको हराभरा महिला कृषि सहकारी संस्थाकी अध्यक्ष  गीता भट्टराई बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.