लमजुङमा अरिङ्गालले चिल्दा एक बृद्धको मृत्यु

लमजुङ- लमजुङमा अरिङ्गालले चिल्दा एक जना बृद्धको मृत्यु भएको छ । बेंसीसहर नगरपालिका वडा नम्बर ११ तिवारी डाँडा निवासी ८२ वर्षीय यज्ञनिधि तिवारीको अरिङ्गालले चिल्दा मृत्यु भएको हो ।
आइतबार साँझपख घर नजिकै बाटोमा हिँड्दै गर्दा तिवारीलाई धेरै सँख्यामा अरिङ्गालले चिलेका थिए । धेरै वटा अरिङ्गालले एकैसाथ शरीरका विभिन्न अङ्गमा चिल्दा गम्भीर घाइते भएका तिवारीलाई तत्कालै उपचारका लागि सदरमुकाम बेंसीसहरस्थित प्रदेश अस्पतालमा ल्याइएको थियो ।
बेंसीसहरमा उपचार हुन नसकेपछि तिवारीलाई थप उपचारका लागि चितवन पुरानो मेडिकल कलेज पु¥याइएको थियो । चितवन पुरानो मेडिकल कलेजमा उपचारको क्रममा तिवारीको निधन भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।
बाटो नजिकै रहेको गोलमा कसैले ढुङ्गा हानेर जिस्काउँदा अरिङ्गालले आक्रमण गरेको हुनसक्ने स्थानीयले बताएका छन् । अरिङ्गाल व्यवस्थापन गर्न नसके थप जोखिम निम्तन सक्ने भन्दै स्थानीयमा त्रसित भएका छन् ।





प्रतिक्रिया राख्नुहोस्