संसदीय परामर्शमा सभामुख

काठमाडौँ – सभामुख देवराज घिमिरेले मुलुकको समसामयिक वर्तमान राजनीतिक अवस्था सहजताका लागि दलहरूसँग परामर्श सुरु गर्नुभएको छ ।
सभामुखको कार्यकक्ष सिंहदरबारमा अहिले भइरहेको छलफलमा विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका तत्कालीन प्रमुख सचेतक र सचेतक सहभागी रहनुभएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिनुभयो ।
छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाहेकका दलका प्रतिनिधि सहभागी हुनुहुन्छ ।
पछिल्ला दिनमा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)लगायतका राजनीतिक दलका पदाधिकारी तथा केन्द्रीय समितिको बैठक चलिरहेका बेला सभामुखसँगको यो भेटघाटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
प्रतिनिधिसभाको पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट परेपछि यस विषयमा धारणा बनाउन सभामुख घिमिरेले परामर्श थाल्नु भएको हो ।
सभामुख घिमिरेले राजनीतिक दलहरुसँगको छलफलपछि भोलि पूर्व महान्यायाधिवक्ता, सर्वोच्च बार र नेपाल बार एशोसिएसनका पदाधिकारीहरुसँग पनि छलफल गर्ने तयारी गर्नुभएको छ ।।






प्रतिक्रिया राख्नुहोस्